मन्त्रीपरिषद्ले गरेका पछिल्ला निर्णयहरु



१४ जेठ २०७५, काठमाडौँ

२०७५ जेठ १३ गते आईतबार बसेको मन्त्रीपरिषद् बैठकले केही महत्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले केही महत्वपूर्ण निर्णयहरु गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार राज्य मन्त्री गोकुल बाँस्कोटाले बताएका छन् । बाँस्कोटाका अनुसार मन्त्रीपरिषद बैठकका निर्णयहरू यस्ता रहेका छन् ।

निर्णयहरु :
१. सरकारको २०७५/७६ को नीति तथा कार्यक्रम पारित भएकोमा सहयोग गर्ने सबै माननीय सांसदहरुलाई धन्यवाद दिने ।
२. स्वैच्छिक अवकाशमा गएका कर्मचारी कसैले निवेदन फिर्ता लिन चाहेमा फिर्ता लिन अनुमति दिने ।
३. प्रसिद्ध साहित्यकार गोपालप्रसाद रिमालको नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने ।
४. नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच भएको श्रम समझदारी पत्र नविकरण गर्ने ।
५. श्रम नियमावली २०७५ स्वीकृत गर्ने  ।
६. २०७४ साउन ८ गते चितवन जिल्लाको इच्छाकामना गाउँपालिका ६ को ४ किलो भन्ने स्थानमा गएको पहिरो हटाउने क्रममा ज्यान गुमाएका ४ जना प्रहरीका परिवारलाई जनही १० लाखको दरले आर्थिक सहायता उपलब्ध गराउने ।
७. शिक्षाको अधिकार सम्बन्धि विधेयक र संघीय शिक्षा विधेयक तर्जुमा गर्न मन्त्रीपरिषद्को सैद्धान्तिक सहमति दिने ।

प्रतिक्रिया दिनुहोस्