सुन तस्कर गोरेबाट एक पैसा लिएको छैन : सांसद घनश्याम खतिवडा



१३ जेठ २०७५, उर्लाबारी

चुनावमा  सुन तस्कर गोरेबाट चन्दा लिएको खुलासा भन्ने बिभिन्न अनलाईन पत्रिकामा आएको समाचारलाई सांसद घनश्याम खतिवडाले खण्डन गरेका छन् । परिवर्तन खबरसँग कुराकानी गर्दै सांसद घनश्याम खतिवडाले भने को हो गोरे म चिन्दिन पनि जान्दिन, पनि । अहिले सुन तस्कर हो भनेर समाचार आएपछि मात्र चिनेको हुँ ।

मोरङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित खतिवडाले निर्वाचनको समयमा गोरेबाट दुई लाख चन्दा लिएको भन्ने खबर आएको थियो । के तपाईले खर्च लिएको होईन त ? गोरेले तपाईलाई पैसा दिएको बयान दिएको समाचारहरु कसरी आयो त भन्ने प्रश्नमा सांसद खतिवडाले भने, जतिपनि समाचार आयो सबै बकवास हो ।

आफ्नो ईमान र निष्ठाको राजनितीक करियरमाथि आँच पुर्याउने षणयन्त्र भएको उनले बताए ।

३८ क्वीन्टल सुन तस्करीका मुख्य अभियुक्त चुडामणी उप्रेती गोरेलाई आफुले नचिनेको उनले पटक पटक बताए ।

एमाले कार्यकर्ता रेवत आचार्यले मलाई  गोरे मार्फत २ लाख चन्दा दिएको भन्ने समाचार आएको रहेछ । यसमा सत्यता छैन, टेलिफोन सम्बादमा उनले भने । सांसद खतिवडाले  निर्वाचनको समयमा पार्टी शुभेच्छुक र कार्यकर्ताबाट सहयोग भएको बताउदैं त्यसलाई गम्भिर रुपमा नलिन आग्रह गरे । तर म पुनः भन्छु, गोरेको नामबाट सहयोग लिएको छैन ।

प्रतिक्रिया दिनुहोस्