प्रचण्ड भन्छन् पाँच वर्षसम्म सरकार ढल्दैन



११ जेठ २०७५, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताबाट अनुमोदित बहुमत प्राप्त वर्तमान सरकार आगामी पाँच वर्षसम्म सञ्चालन हुँने र कसैले हल्लाएर नहल्लिने बताएका छन् ।

अध्यक्ष प्रचण्डले भने , “नौ महिना, एकवर्ष, दुई वर्ष सरकार टिक्ने र टिकाइराख्ने अवस्था अब सदाका लागि अन्त्य भयो ।”

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२औँ स्थापना दिवस समारोहलाई बिहिवार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्व र स्थिरताका लागि जनताले कम्युनिष्टलाई स्थानीय, प्रदेश र केन्द्रमा समेत सुविधाजनक बहुमत हुने गरी मत दिएको र यसलाई खेर जान नदिने बताएका थिए ।

अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रमले सरकारको आगामी पाँचवर्षको मार्ग्चित्र कोरेको स्पष्ट पार्दै आगामी बजेटमा भौतिक पूर्वाधार र सामाजिक क्षेत्रमा बढी रकम विनियोजित हुनेसमेत जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्