नेपाली महिला पत्रकारको समूहद्वारा सगरमाथाको सफल आरोहण



१० जेठ २०७५, काठमाडौँ

चार नेपाली पत्रकार महिलाको समूहले सर्वोच्च शिखर सगरमाथाको  सफल  आरोहण  गरेका  छन् ।

सगरमाथा शिखरमा विजयी झण्डा फहराउन गत वैशाख दोस्रो साता त्यसतर्फ गएका नेपाली पत्रकार महिलाले बुधवार विहान ६:०० बजे सफलता हात पारेको जानकारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका आरोहण सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले दिएका छन् ।

पाँचमध्ये चार नेपाली पत्रकार महिलाले साधारण रुट दक्षिण पुर्वी मोहोडाबाट सर्वोच्च शिखरको सफल आरोहण गरेका थिए भने एकले सफलता प्राप्त गर्न नसकेको श्रेष्ठले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्