गोरेलाई भारतको पश्चिम बंगालबाट पक्राउ गरिएको नेपाल प्रहरीको दावी



०९ जेठ २०७५, काठमाडौँ

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे, आफन्तकै सहयोगमा पक्राउ परेका छन् ।

एक साताअघि गोरेको परिवारका सदस्यसँग सम्पर्क भएको देखिएपछि उच्चस्तरीय छानविन समितिका सदस्यहरुले आत्मसर्मण गराईदिने आश्वासन परिवारलाई दिएका थिए ।

यो आश्वासनपछि प्रहरीले आफन्तकै सहयोगमा गोरेलाई भारतबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

केही दिनअघि भारतको सिलगुढीस्थित आफन्तको घरमा गएका गोरेले आफुन निर्दोष रहेको तर सबै दोष आफुमाथि लगाईएको बताएका थिए ।

नेपाल प्रहरीले भारतीय प्रहरी र आफन्तको सहयोगमा गोरेलाई पश्चिम बंगालबाट पक्राउ गरेको दाबी स्रोतले गरे पनि छानविन समितिले भने काठमाडौं गौरीघाटबाट नियन्त्रणमा लिईएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्