
८ जेष्ठ २०७५, काठमाडौं
चर्चित ३३ किलो सुन काण्डका अभियुक्त चुडामणि उप्रेती उर्फ गोरे पक्राउ परे संगै यतिबेला घटनाक्रमले नयाँ मोड लिएको छ ।
गृहमन्त्रालयले काठमाण्डौमा गोरे समातिएको दाबि गरेको छ तर गोरेले आत्मा समर्पण गरेको पत्र यतिबेला सार्वजानिक भएको छ ।
गत फागुन १८ गते सनामको हत्या गरेर मोरंगबाट फरार भएका गोरे प्रहरीले इन्टरपोल गुहार्दै गर्दा किन काठमाडौं आए यो रहस्यको बिषय बनेको छ ।
गोरेले आफ्नो जीवन रक्षाको माग र आफ्नो कुरा राख्न पाउ भन्दै मानव अधिकार कार्यालयमा लिखित निबेदन दिए संगै प्रहरी सामु आत्मा समर्पण गरेका थिए ।
छानविन समितिका एक सदस्यका अनुसार ’अन्तिममा केही नलागेपछि आफ्नै ज्यानको सुरक्षाका लागि यहाँ आएका हुन्। छानविन समितिसँग आत्मसमर्पण गरे बचिन्छ भन्ने उनलाई लागेको रहेछ।‘
गत माघ ९ गते विमानस्थलबाट अवैधरुपमा बाहिएको ३३ किलो सुन हराएपछि पहिलो निशानमा परेका थिए गोरे। ३३ किलो सुन प्रकरणमा पक्राउ परेका भुजुङ गुरुङ र मोहनकुमार अग्रवाल समुहले गोरेलाई सुन हराएकोमा यातना दिँदै आएका थिए जुन उनले बयानमा पनि भनेका छन्।
संगठित अपराध भएकाले गोरे पक्राउ परे अन्यको पोल खुल्ने सम्भावना थियो। गोरेले बयानका क्रममा आफ्नै ज्यान जोखिममा रहेको बताएका थिए।
‘चारैतिरबाट गोरेले थ्रेट फिल गरेको रहेछ,’ अनुसन्धानमा संलग्न ती अधिकारीले भने।
गोरेले समितिसँगको बयानमा आफू भरियामात्र भएको र सुन लुट्ने योजना भुजुङ गुरुङ र मोहनकुमार अग्रवालको भएको बताएका छन्।
काहाँ थिए त उनि
सनमको हत्या गरेर फरार गोरे भारतको सिलगुढी र सिक्किममा बस्दै आएको खुलेको छ। गोरे आज बिहानमात्रै सडकमार्ग हुँदै काठमाडौं छिरेका थिए।
गोरे समातिएपछि उनले दिएका बयान सबै विश्वसनीय नरहेको छानविन समितिका सदस्यले जानकारी दिए। उनी असुरक्षित भएर आए या उनीसँग अरु कुनै ‘प्लान’ छ?
छानविन समितिले आज पत्रकार सम्मेलनमा एकातर्फीमात्र ‘कन्टेन्ट फ्लो’ गर्नुले यस्ता प्रश्नलाई जिवितै राखेको छ।





