
८ जेष्ठ २०७५, काठमाडौं
युवा संघ नेपालको केन्द्रीय कमिटी बैठक चलिरहेको छ। काठमाडौं स्थित तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा यतिखेर बैठक संचालन भैरहेको छ ।
भर्खरै मात्र पुनर्गठन भएर रमेश पौडेलको अध्यक्षतामा युवा संघको महाधिवेशन आयोजक कमिटी बने संगै केन्द्रीय कमिटिको पहिलो पूर्ण बैठक बसेको हो ।
बैठकमा बोल्दै नेकपाका हाइकमाण्ड सदस्य तथा प्रमुख अतिथि वामदेव गौतमले अब हाम्रो पुस्ताले गुनासो गर्ने ठाउ नभएको बताएका छन् । यहा कसैले पद पायो या पाएन भनेर गुनासो गर्नुपर्ने छैन किनकि अब हाम्रो जस्तो उमेर भएको पुस्ताले लोब लालच छाडेर पाए खाने नपाए चित्त बुजाउनु पर्छ भन्दै अबको नेतृव युवाले लिनुपर्ने कुरामा समेत जोड दिए ।
पछिल्लोपटक मनोनित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सपथग्रहण समेत रहेको बैठकमा बोल्दै युवा संघका अध्यक्ष पौडेलले अब सम्वृद्धिको आन्दोलन युवाहरुले गर्नुपर्ने भन्दै सबै युवाहरुलाई तयार रहन आग्रह गरे । अब प्रत्येक युवाहरुले श्रमसंग जोडिनु पर्ने अनि माटोसंग जोडिनु पर्नेमा समेत जोड दिएको युवा संघका नेता रोशन बस्नेतले जानकारी गराए ।