३३ किलो सुन काण्डका मुख्य नाइके गोरे पत्रकार सम्मेलनका बीच सार्वजानिक (भिडियो सहित)



८ जेष्ठ २०७५, काठमाडौं

चर्चित ३३ किलो सुन काण्डका मुख्य नाइके अभियुक्त गोरे भनेर चिनिने चुडामणि उप्रेती पक्राउ परेका छन् । पछिल्लो समयमा सुन डनको नामले पनि परिचिर गोरेलाई आज बिहान करिब साढे पाच बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको प्रहरी सोतले बताएको छ । गोरेलाई आझै मोरंग जिल्ला अदालत लगिने पनि प्रहरीले बताएको छ ।

यूएईबाट गत माघमा आएको ३३ किलो सुन गायाप भएपछि गोरेले आफ्ना पुर्व सहयोगी सनम शाक्यको फागुन १८ मा हत्या गरेका थिए । हत्या पछी फरार गोरेलाई प्रहरीले रेडकर्नर नोटिस समेत जारि गरेको थियो । गोरे काठमाडौं आएको भन्ने सुक्ष्म सुचनाको आधारमा खोजि गरेर प्रहरीले पक्राउ गरेको हो।

https://youtu.be/kqTraQ4qBZQ

 

उक्त प्रकरण बिरुद्द मोरंग जिल्ला अदालतमा ६३ जना बिरुद्द मुद्दा चलिरहेको छ । गोरेले सनामको हत्या अघि दिएको पासविक यातनाको भिडियो यतिबेला भाइरल बनेको छ । गोरेलाई आझै पत्रकार सम्मेलन गरि सार्वजानिक गराउने पनि प्रहरीले बताएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्