
०७ जेठ २०७५, काठमाडौँ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन अवधि तीन घण्टा थप भएको छ । यसअघि दैनिक १८ घण्टा संचालन हुने विमानस्थल सोमबारबाट २१ घण्टा सञ्चालनमा आउने भएको छ ।
दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र जहाजलाई आकाशमै ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने विश्वास छ ।
यसअघि साढे १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुनेछ ।





