
०७ जेठ २०७५, काठमाडौँ
बेलायती राजकुमार ह्यारी र अभिनेत्री मेगन मार्कलको इन्गेजमेन्ट घोषणा हुँदा यो जोडीलाई शुभकामना व्यक्त गरेकी बलिउड अभिनेत्री प्रियंका चोपडा अन्ततः ह्यारी र मेगनको बिवाहमा सरिक भएकी छिन् ।
वैवाहिक समारोहमा उनले हल्का खरानी रंगको कोट र पेन्सिल स्कर्ट लगाएकी थिइन् । हल्का वैजनी रंगको ह्याट लगाएकी उनी निकै आकर्षक देखिएकी थिइन्।
चोपडा र मेगन मिल्ने साथी हुन्।





