
०७ जेठ २०७५, काठमाडौँ
इतिहासकै पहिलोपटक बहुमतप्राप्त सरकारले सोमबार आगामी आर्थिक वर्ष २०७५/७६ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ । संघीय संसदका दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा जलमार्ग, रेलमार्ग एवं वाम गठबन्धनको सयुक्त घोषणपत्रमा समावेश भए अनुरुपनै नीति तथा कार्यक्रमहरु प्रस्तुत हुने बताइएको छ ।
नयाँ संविधानअनुसार निर्वाचन सम्पन्न भएपछि केपी शर्मा ओली नेतृत्वमा गठन भएको सरकारले पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। नीति तथा कार्यक्रमले सरकारको आगामी वर्षका कार्यक्रमहरूको सैद्धान्तिक मार्गचित्र निर्धारण गर्ने गर्छ।





