
०७ जेठ २०७५, काठमाडौँ
सदाबहार नायिका करिश्मा पछिल्लो समय छोटो स्कर्ट लगाएर छोरीको डेब्यु फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को प्रेसमिटमा उपस्थित भएकी थिईन् । सोही पहिरनको कारण उनी अप्ठेरो महशुस गर्दै छिनछिनमा लुगा मिलाउन ब्यस्त भएको बेला क्यामरामा कैद भएकी थिईन् । लगत्तै उनका तस्वीरहरु सामाजिक संजालमा टिकाटिप्पणी हुन शुरु भयो ।
आफु कलाकार भएकोले आफनो हरेक परिहन ग्लामरसंग जोडिएको हुन्छ भन्दै उनी अगाडी लेख्छिन् “एक्काइसौं शताब्दीको दोस्रो दशकमा आइपुग्दा पनि स्वतन्त्र देशमा एउटा नागरिकले आफूले चाहेको खान, लगाउन र बोल्न नपाइने ? ठीक छ, मैले लगाएको पहिरन गलत भयो होला, त्यसबारे टिप्पणी गर्नुस् तर मेरो बोल्ने शैली, उमेर, मेरा रहर, मैले पूरा गर्न खोजेको इच्छा हरेक कुराको हाँसो बनाएर के पाउनुहुन्छ ???





