
०६ जेठ २०७५, काठमाडौँ
नवगठित नेपाल कम्युनिष्ट पार्टीको सम्पत्ति तीन अर्ब रहेको बुझिएको छ । तत्कालीन एमालेसँग केन्द्रदेखि नगर गाउँसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति रहनुका साथै एमालेको मदननगर बल्खुमा नौ रोपनी एक आना जग्गा छ । साबिक पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आ-आफ्नै भवन पनि छ।
त्यसैगरी तत्कालीन माओवादी केन्द्रको चलअचल सम्पत्ति करिब एक अर्बको रहेको अनुमान छ । तर यस्को यकिन तथ्यांक भने छैन ।
माओवादी केन्द्रसँग पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन् । त्यहाँ रहेको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ ।
त्यसैले तत्कालीन एमाले २ अर्ब र तत्कालीन माओवादीको १ अर्ब गरि यतिबेला नेकपाको एकमुष्ट सम्पत्ति ३ अर्ब रहेको बुझिएको छ ।





