४१ राष्ट्रका १०० भन्दा बढी युवा एकै साथ काठमाडौँमा जम्मा हुँदै



०६ जेठ २०७५, काठमाडौँ

विश्व प्रजातान्त्रिक युवा संगठनको General council Meeting काठमाडौँमा हुदैछ । ४१ राष्ट्रका १०० भन्दा बढी युवा नेता तथा प्रतिनिधि सहित उक्त कार्यक्रम हुन लागेको हो । यहि जेष्ठ ९ गते बिहान ११ बजेबाट राष्ट्रिय सभा गृहमा  शुरु हुने उक्त कार्यक्रममा भाग लिनको निम्ति विभिन्न ४१ राष्ट्रका प्रतिनिधिहरु काठमाडौँ आइसकेका छन ।

४१ राष्ट्रका १०० युवा नेता तथा प्रतिनिधिहरु पहिलोपल्ट एकैसाथ एउटै कार्यक्रममा उपस्थिति हुने विश्व प्रजातान्त्रिक युवा संगठनको General council Meeting-2018 को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

समारोहमा उपस्थितिका लागि विश्व प्रजातान्त्रिक युवा संगठनको सदस्य युवा संघ र अनेरास्ववियुले सबैलाई हार्दिक निमन्त्रणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्