एनसिसि फिन्ल्याण्डद्वारा जनजागृति विधालय मेलम्चीमा कम्प्युटर ल्याब स्थापना  



६ जेठ २०७५, काठमाडौं

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले हरेक नयाँ कार्यकालमा नेपालको शैक्षिक क्षेत्रमा परोपकारी काम गर्दै आएको छ । यस्तै अभियान अन्तर्गत भुकम्पबाट प्रभावित मेलम्ची नगरपालिका, कटुन्जेमा रहेको जनजागृती माध्यमिक विद्यालयमा १० कम्प्युटर, १ प्रीन्टर र १ प्रोजेक्टर सहितको कम्प्युटर ल्याब तथा ई– लाईब्रेरीको स्थापना गरी विशेष कार्यक्रमको आयोजना गरी विधालयलाई हस्तान्तरण गरिएको छ ।

कम्प्युटर ल्यावका लागि आवश्यक फर्निचर विद्यालय स्वयंले ब्यवस्था गरेको थियो भने गैरआवासीय नेपाली संघ फिनल्याण्डका अध्यक्ष  वसन्त गौतम स्वयं उपस्थित भई कामको अनुगमन गरेका थिए । कम्प्युटर ल्याब तथा ई–लाईब्रेरी हस्तानान्तरण कार्यक्रममा कार्यक्रममा गैरआवासीय नेपाली संघबाट केन्द्रिय प्रतिनिधि र नेपाल फिनल्याण्ड हातेमालो नेटवर्कका प्रतिनिधिहरु पनि उपस्थित थिए । बिद्यालयका पूर्बबिद्यार्थीहरु र बिद्यालय ब्यबस्थापन समितिले आवश्यक तालिम र ल्याबको व्यवस्था गरी दीर्घकालीन ब्यवस्थापन गर्ने प्रतिबद्दता जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्