नेकपाको संसदमा नयाँ वरियता, सत्तापक्षको सिटमा  पहिलो नम्बरमा ‘प्रचण्ड’



०४ जेठ २०७५, काठमाडौँ

पार्टी एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनाएको एमाले र माओवादी केन्द्रले आज संसदलाई जानकारी गराएको छ ।

आज शुक्रबार बसेको संसदको बैठकमा तत्कालीन एमालेका प्रमुख सचेतक खगराज अधिकारीले दुई पार्टी मिलेको जानकारी दिएका हुन् । जानकारी गराए सँगै अब सत्तारुढ बेञ्चमा तत्कालीन एमाले र माओवादीका नेताहरु नयाँ वरियताक्रम अनुसार बसेका छन् ।

नवगठित नेकपाको वरीयताक्रमअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सत्तापक्षको सिटमा  पहिलो नम्बरमा बसेका छन् । प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली सरकारका लागि छुट्याएको सिटमा रहने भएको हुँदा सत्तारुढ बेञ्चमा प्रचण्ड पहिलो नबरमा बसेका हुन् ।

सत्तारुढ बेञ्चमा प्रचण्डपछि दोस्रो नम्बरमा वरिष्ठ नेता माधवकुमार नेपाल बसेका छन् । तेस्रो नम्बरको सिट भने चीनमा रहेका झलनाथ खनालको लागि  खाली राखिएको थियो । तत्कालीन एमालेमा खनाल नेपाल भन्दा वरियताक्रममा अगाडी थिए तर नेकपामा भने नेपाल खनाल भन्दा अगाडि छन् ।

प्रतिक्रिया दिनुहोस्