
०२ जेठ २०७५, काठमाडौँ
सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ५८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला ५९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने बुधबार घटेर सुन प्रतितोला ५८ हजार सात सय रुपैयाँ रहेकोमा बिहिबार पनि सोही दरमा कारोबार भइरहेको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी चाँदी प्रतितोला ७७० रुपैयाँमा कारोबार भएको थियो भने आज पाँच रुपैयाँले घटेर चाँदी प्रतितोला मूल्य ७६५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ।





