सर्वहारा अधिनायकत्व छोडेपछि कम्युनिस्ट नाममा मोह किन : बाबुराम भट्टराई



३ जेठ २०७५, काठमाडौं

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सर्वहारा अधिनायकत्व छोडेपछि कम्युनिस्ट नाममा मोह किन? भन्दै ओली र प्रचण्डलाई प्रश्न तेर्साएका छन । आज हुन लागेको माओवादी केन्द्र र एमाले बिचको पार्टी एकीकरणको लागि भट्टराईले टुइट गर्दै बधाई तथा शुभकामना दिदै सो प्रश्न तेर्साएका हुन्। शुभकामना सङसङै भट्टराईले “बादरहरु पुच्छर काटेकै भरमा मान्छे भएका हुन् ?” भन्दै सांकेतिक ब्याङ्ग समेत गरेका छन् । गणितमा माइनस एक र माइनस एक जोड्दा माइनस दुई हुन्छ, माइनस एकको मूल्य धेरै हुन्छकी माइनस दुइको ? उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्