आज ३ बजे पार्टी एकता घोषणा हुन्छ : ओली/प्रचण्ड



३ जेठ २०७५, काठमाडौं

आज विहान बल्खुमा आयोजित २५ औं मदन-आश्रित स्मृती दिवसमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै ३ बजे राष्ट्रिय सभागृहमा औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा हुने बताएका छन् ।

एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रित चढेको जिप २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा दुर्घटना हुँदा नेता भण्डारी र आश्रितको निधन भएको थियो। एमाले र माओवादी केन्द्रले स्मृति दिवसको अवसर पारेर पार्टी एकता घोषणणा गर्ने भएका छन्।  बल्खु स्थित एमालेको पुरानो केन्द्रीय कार्यालयमा आयोजित मदन आश्रित स्मृति सभामा बोल्दै ओलीले तत्कालीन महासचिव मदन भण्डारी दुरदर्शी र जनप्रिय नेता भएको बताए । उनले थप प्रस्ट्याए,’ दुई पार्टी एक हुनु अचम्मको कुरा हैन, यसले नेपालको भविष्य बोक्छ कि बोक्दैन त्यो महत्त्वपूर्ण हो भन्दै सबै कम्युनिस्टहरुलाई एकता प्रक्रियामा आउन समेत आग्रह गरे ।’

स्मृति सभामा बोल्दै पुर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भन्डारी र जिवराज आश्रितले बलिदानी दिएको यो पवित्र दिनमा, यो महान दिनमा, यसको महानतालाई अझ ऐतिहासिक बनाउन आजै पार्टी एकता गर्न लागेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्