
०२ जेठ २०७५, काठमाडौं
नायिका करिश्मा मानन्धरले राजनीतिमा लागेपछि पढाईको अभाव महसुस भएर गत वर्ष कक्षा ९ मा भर्ना भएकी थिईन् । हाल उनी मैतीदेवीस्थित त्रिवेणी स्कूलमा कक्षा १० मा पढिरहेकी छिन् ।
कक्षा ८ मा अध्ययनरत छँदै करिश्माले नेपाली चलचित्र क्षेत्रमा पाइला टेकेकी थिईन् । १–२ दिन विद्यालय नजाँदा पनि धेरै पाठ छुट्ने र कभर गर्न गाह्रो हुने भएकाले उनी अहिले सवै कुरा विर्सेर पढाईमा फोकस गरिरहेको बताउँछिन् ।
करिश्मा आफैले आफ्नो निर्देशनमा बन्ने चलचित्रबाट छोरी कविता मानन्धरलाई यो क्षेत्रमा डेब्यू गराउने बताएकी थिइन् । तर, उनले चलचित्र निर्देशन गर्न ढिलाई गरेपछि कविता नायक शिव श्रेष्ठको निर्माणमा बनिरहेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट डेब्यू गर्दैछिन् ।
आफूले एसईईपछि गर्ने प्रोजेक्ट छोरी कविताका लागि सुरक्षित रहेको करिश्माले भनिन् ‘म कवुलाई मेरै चलचित्रबाट डेब्यू गराउने सोचमा थिएँ । तर, शिव दाइले प्रस्ताव गरेपछि नाई भन्न सकिनँ ।’
उनको भविष्यमा पीएचडी गर्ने धोको रहेको छ ।





