महिला हिंसा विरुद्धमा ज्योती मगर : छोरी भए गर्भपतन गर्छु



०१ जेठ २०७५, काठमाडौं

सामाजिक संजाल फेसबुक मार्फत महिला हिंसाको विषयलाई उठान गर्दै गायिका ज्योती मगरले लेखिन् ,‘म विहे गर्छु कि गर्दिन थाहा छैन । तर सन्तालाई जन्म दिने इच्छा छ । तर म छोरा भएमात्र जन्म दिनेछु, छोरी भइन् भने गर्भपतन गर्नेछु ।’

उनले अगाडी लेखेकी छिन्,‘किनकी छोरीलाई जन्म दिएँ भने उनी बलात्कार हुनेछिन् । भाग्यले बाँचिन भने पनि श्रीमान् या ब्वाईफ्रेनबाट हिंसाको शिकार हुनेछिन् । दुवैसँग प्रतिकार गरी लडेर अगाडी बढिन् भने पनि उनलाई छोरी होस् तँ भन्दै ज्योती मगरलाई जस्तै अनेक लाञ्छना लगाउने, उनको स्वतन्त्र भएर लगाउने, खाने र बाँच्ने अधिकार खोस्ने प्रयास हुनेछ ।’

मुना अधिकारीको बयान सम्बन्धि विषयलाई उठान गर्दै ज्योतीले यस्तो लेखेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्