सूर्योदय नगरमा नयाँ नेतृत्वद्वारा पद बहाली



०१ जेठ २०७५, इलाम

सूर्योदय नगर उद्योग वाणिज्य सङ्घ इलामको नवनिर्वाचित नेतृत्वले पद बहाली गरेको छ । सोमबार भएको शपथ ग्रहणपछि अध्यक्ष प्रमोद राईसहित सबै पदाधिकारी र सदस्यहरूले पद बहाली गरेका हुन् । वैशाख २३ गते सम्पन्न निर्वाचनमा पदाधिकारीसहित सबै पदमा राईको प्यानलले जितेको थियो ।

निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गौतम प्रधान, प्रथम उपाध्यक्ष टीकाराम अधिकारी, द्वितीय उपाध्यक्ष चन्दन अग्रवाल, महासचिव राजन प्रधान, सचिव कविता राई र कोषाध्यक्षमा लोकबहादुर प्रधान निर्वाचित भएका थिए । पुजन श्रेष्ठ, प्रज्वल प्रधान, सुरेश पौडेल, सुजन तिमसिना, देउकुमारी कट्टेल, माइमती राई, सन्जिता तामाङ र सन्तोकी तामाङ सदस्य पदमा चयन भएका छन् ।

पद बहाली गर्दै नवनिर्वाचित अध्यक्ष राईले सबै पक्षलाई समेटेर उद्योगी–व्यवसायीको समग्र हितका लागि काम गर्नुका साथै नगरमा उद्योग स्थापना र रोजगारी सिर्जना गर्नेतर्फ आफ्नो नेतृत्व अग्रसर हुने बताए ।

प्रतिक्रिया दिनुहोस्