अन्ततः करिश्माकी छोरी कविता पनि चलचित्र क्षेत्रमा



०१ जेठ २०७५, काठमाडौं

नायक शिव श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’बाट नेपाली रजतपटमा सदाबहार अभिनेत्री करिश्माकी छोरी कविता मानन्धरले डेव्यू गर्ने भएकी छिन् ।

यसै चलचित्र मार्फत अभिनेता शिव श्रेष्ठका छोराले पनि डेव्यू गर्दैछन् ।लामो समयदेखि अध्ययनको शिलशिलामा अमेरिकामा रहेकी कविताले यसअघि आमाको होम प्रोडक्शनबाट नेपाली सिने क्षेत्रमा भित्रिने चर्चा चलेको थियो ।

आमा करिश्माका कारण कवितालाई फिल्ममा अगाडि बढ्न धेरै मुश्किल त नहोला तर आमा जस्तै सफल हुन भने उनको थोरै मिहिनेतले पुग्दैन । प्रतिस्पर्धाको बजारमा उनले आफूलाई फिट राख्न अभिनयमा राम्रै पसिना चुहाउनु पर्ने हुन्छ । यसमा उनी कति सफल हुनेछिन् त्यो भने हेर्न बाँकी छ ।

यस चलचित्रको निर्देशन दीपेश सापकोटाले गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्