नोबेल शान्ति पुरस्कार ट्रम्प जस्तो विवादीत व्यक्तिलाई दिंदा संसार अचम्मित हुने..



३१ वैशाख २०७५, काठमाडौँ

पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘नोवेल शान्ति पुरस्कार’का लागि मनोति गर्ने भन्ने विषयमा चर्चा निक्कै चल्न थालेको छ । नर्वेस्थित नोवेल समितिका अनुसार केही अज्ञात व्यक्तिले नोवेल शान्ति पुरस्कारका लागि गत मार्च महिनामा उनको नाम अघि बढाएका थिए ।

त्यसपछि दक्षिण कोरियाका राष्ट्रपति मून जे इनले पनि ट्रम्पलाई नोवेल शान्ति पुरस्कार दिनुपर्ने बताएका थिए । तर अमेरिकी राष्ट्रपति ट्रम्पकै पार्टीका १८ काँग्रेस सदस्यहरुले उनको नाम औपचारिक रुपमा नै नोबेल समितिलाई पठाएपछि योे विषयमा चर्चा झन चुलिएको हो ।

जब ट्रम्पलाई यसको विषयमा सोधियो उनले मुस्कुराउँदै भने, ‘सबैलाई यस्तो लागे पनि म कहिले पुरस्कार पाउनुपर्छ भन्दिनँ । तर म यस्तो पुरस्कारको अपेक्षा राख्छु कि त्यो विश्वकै लागि जित होस् ।’ ‘पीस’ नामको एउटा पुस्तक लेखक जे नान्र्डलिंगर भन्छन्, ‘यदी दुनियामा सबैभन्दा बढी चर्चित नोबेल शान्ति पुरस्कार ट्रम्प जस्तो विवादीत व्यक्तिलाई दिइयो भने यो अचम्म हुनेछ ।’

यो ‘नोवेल शान्ति पुरस्कार’ पाउनेहरुमध्ये पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्गर र पूर्व फिलस्तानी नेता यासिर राफात पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्