एमाले सांसद लामिछानेको निधन



३१ वैशाख २०७५, काठमाडौं

नेकपा एमालेको तर्फबाट भक्तपुर १ प्रदेश ख का सांसद हरिशरण लामिछानेको निधन भएको छ ।

आज दिउँसो १ बजे काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा लामिछानेको मृत्यु भएको एमाले भक्तपुर इन्चार्ज सोमनाथ मिश्रले जानकारी गराए ।

आजै उनको स्वास्थ्य स्थिती बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका थिए ।

भक्तपुरस्थित चागुनारायण नगरपालिका-६ तेलकोट निवासी लामिछाने रारा क्षेत्रको भ्रमण सकेर शनिबार साझ घर फर्किएका उनलाई अचानक मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको थियो ।

उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्