लालबाबुको अभिव्यक्ति कुटनीतिक मर्यादा विपरीत : प्रम ओली



३० वैशाख २०७५, काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनपुरमा भएको नागरिक अभिनन्दनप्रति प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको अभिव्यक्तिप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएका छन् । राउतको अभिव्यक्ति नेपालको कुटनीतिक नीति विपरीत भएको बताएका छन् ।

मोदीको राजकीय भ्रमणबारे प्रधानमन्त्री ओलीले संसदमा जानकारी दिदै जनकपुरमा भएको नागरिक अभिनन्दनमा अभिव्यक्त कुराहरु राष्ट्रिय मर्यादा, कुटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त हो ।’ उनले थप स्पष्ट पारे ‘त्यो धारणा नेपाल सरकारको होइन ।’

प्रतिक्रिया दिनुहोस्