सविन र अनुको जोडी निकै सुहाउँछ : नायिका शिल्पा पोखरेल



३० वैशाख २०७५ काठमाडौं

काठमाडौंको सिटी सेन्टरमा ‘स्टाइल मोबाइल सप’ उद्घाटनमा नायिका अनु शाह र नायक सविन श्रेष्ठको प्रेमको चर्चा उठेको बेला नायिका शिल्पा पोखरेलले यि दुईको जोडी निकै सुहाउने बताईन् । सो सपको उद्घाटन नायिका शिल्पा र अनुले गरेका थिए ।

सविन र उनका साथीहरुले सुरु गरेको यो नयाँ व्यवसायको नायिका शिल्पा पोखरेल र सविनकी रुमर प्रेमिका अनु शाहले उद्घाटन गरेका छन् । सविनले चलचित्रसँगै नयाँ व्यवसायलाई पनि अगाडि बढाउने बताए । केही फरक गरौ भन्ने सोचका साथ आफूले यो व्यवसाय सुरु गरेको उनले बताए ।

अनु र सविनले जती नै लुकाएपनि उनीहरु केही बर्षदेखि गहिरो प्रेममा रहेको कसैबाट लुकेको छैन ।

प्रतिक्रिया दिनुहोस्