टुरिजम् डेभलपमेन्ट बैंक मेगामा गाभियो, आजबाट संयुक्त कारोबार



३० वैशाख २०७५, काठमाडौँ
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले अन्दाधुन्द लगानीले निक्षेप भन्दा कर्जा बढेको भन्दै कमसलरुपमा कर्जा दिने बैंकमाथि नियमन गरिने बताएका छन् ।

आइतबार मेगा बैंक र टुरिजम् डेभलेपमेन्ट बैंकबीचको मर्जर कार्यक्रमलाई सम्बोधन गर्दै गर्भनर नेपालले क्षणिक फाइदा भन्दा पनि मुलुकको आर्थिक विकासमा जोड दिएर व्यवस्थितरुपमा कार्य गर्न बैंकहरुलाई सुझाव दिएका छन् । राजनीतिक स्तायीत्वले आर्थिक विकासमा सहयोग पुग्ने भन्दै आयात घटाएर निर्यात बढाउने तर्फ जोड दिनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजराज शाहले टुरिजम् डेभलेपमेन्ट बैंकका ३६ वटा शाखा, एक्टेन्सन काउन्टर, एटिएम लगायत सम्पूर्ण सञ्जाललाई मेगामा गाभेर संयुत रुपमा कारोबार सुरु भएको जानकारी दिएका थिए ।

मर्जरपछि मेगाको चुक्ता पूँजी ९ अर्ब २९ करोड कायम भएको छ भने १० करोड रुपैयाँ पूँजीगत जगेडामा थप भएको छ । बैंकको निक्षेप ५७ अर्ब ५५ करोड पुगेको छ भने कर्जा ५५अर्ब ७० करोड कायम भएको छ । दुबै बैंक गाभिएसंगै मेगा बैंक देशकै तेस्रो ठुलो वाणिज्य बैंक बनेको छ ।

प्रतिक्रिया दिनुहोस्