जिउने तरीका



३० वैशाख २०७५

जहाँ सवाल हैन
जवाफको रवाफ हुन्छ
अन्तरको सम्बन्ध होइन
कुन्तरमा अडिएको नाता भेटिन्छ
त्यहाँ जीवन र जगत बुझ्नने
सम्बन्धको मज्जा नै अर्कै हुन्छ
भन्न मन लाग्ने गरेको छ

जिउदोको जन्ती मर्दा मलामीको
सामाजिक सम्बन्धमा जोडिएको
हाम्रो नातो , हिजो र आजमा
जिउने र बुझ्ने तरीका मै फरक देखिन्छ
तर पनि
मानिसले जिउनै पर्ने
बाध्यता भित्र हासेर नै जिउन खोज्छ
त्यसैमा त जिउनु पनि सार्थक हुन्छ
होइन र !

गाँस साटेर काम काटेर जिउने हिजोको कला
आज दाम साटेर  अनि नाम जोडेर  भएको छ
त्यस्तै
नाममा खोट बाटमा  डा ओठमा ओठै जोडेर जोडेर
भै पनि अवसर चाटेरै छोड्ने
हाम्रो प्रवृत्ति  निकै हावी भएको छ
भनौ भनौ जस्तो लाग्ने गरेको छ !

कोठा र चोटा  खट्खटाएर
सात पुस्ताको नाता कोट्याएर भए पनि
नजरमा देखिएर या
अजरमा कुत्कुतिएर भए पनि
प्रेमलापले होस या
आहार विहारले मिलोस्
अवसर छोप्ने र नपाउन्जे पाउ पर्ने
चलन  यहाँ अझै पनि जिउदै छ
भन्दा फरक नपर्ला कि !

कामको धर्मले होइन जिउने कलाभित्र
माम जोडिदेला कि भनेर भए पनि
नेता देखेपछि टक अडिन र नतमस्तक भएर
पाउमा झुक्न बानी परेका हामीहरू
सिजनमा देखिन अनि बेसिजनमा तर्सिन
सजिलै गरि भ्याएकै छौ
व्यवहारले भन्दा कुराले  जिन्दगी सुधार्ने
चलन चलेका हामी
अझै
यस्तै जिउने कलाले
हाम्रो जीवन पालेकै छौ , होइन र !

प्रतिक्रिया दिनुहोस्