जनकपुर फिर्ता माग्नुपर्छ भन्ने अभिव्यक्तिप्रति प्रचण्डको आपत्ति



३० वैशाख २०७५ काठमाडौं

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीलाई भाजपाका पूवसांसद कीर्ति आजादले जनकपुर फिर्ता माग्न गरेको विवादास्पद ट्वीट प्रति प्रचण्डले आपत्ति जनाएका छन् ।

काठमाडौंस्थित हायातमा भएको भेटवार्तामा प्रचण्डले मोदीसँग आजादको अभिव्यक्ति नेपाल–भारत सम्बन्धको हित विरुद्ध रहेको बताए । यस्तो भ्रामक र हानिकारक प्रचारले दुवै देशलाई फाइदा नहुने उनको तर्क रहेको थियो ।

भेटको क्रममा प्रचण्डले मोदीसँग नेपालको समग्र विकास समृद्धिमा सहयोग गर्नपनि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्