
२९ बैशाख २०७५, काठमाडौं
शुक्रवार नेपालको राजकीय भ्रमणको लागि जनकपुर आईपुगेका मोदीलाई किर्ति आजादले ट्वीटरमार्फत मिथिलाको भाग फिर्ता माग्न आग्रह गरेका छन् । किर्ति भारतीय जनता पार्टीका सांसद तथा पूर्व क्रिकेटर हुन् ।
२ सयवर्षअघि नेपाल र अंग्रेजबीच भएको सन्धी अनुसार मिथिला राज्य नेपाललाई दिइएको उल्लेख गर्दै आजादले अब सो सन्धीको अवधि सकिएको बताउँदै मिथिलाको भूभाग नेपालबाट फिर्ता माग्न सुझाएका हुन् ।
उनले नेपालबाट सो क्षेत्र फिर्ता लिएर मिथिला राज्य गठन गर्न पनि सुझाव दिएका छन् ।






