फ्राइडे रिलिजमा तरकारीवाली अभिनित फिल्म ‘लम्फु’



२८ वैशाख २०७५, काठमाडौं

फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट तरकारीवाली अर्थात कुसुम श्रेष्ठको अभिनय रहेको चलचित्र ‘लम्फु’ प्रदर्शनमा आएको छ । चलचित्रमा कुसुमको साथमा मरिष्का पोखरेल, चाँदनी शर्मा, कबिर खड्का, सञ्जित भण्डारी र सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

जीवनमा आईपरेको अकल्पनीय समस्याले मानिसलाई नायक र खलनायक दुवै बनाउँछ भन्ने कथालाई उठान गरेको फिल्म ‘लम्फु’ सँग हलमा अरु दुई फिल्म ‘हिरोज’ र ‘मनाङे नानी’ ले प्रतिष्पर्धा गर्दैछ । चलचित्रलाई गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्