विश्वका सबैभन्दा बृद्ध मलेशियन प्रधानमन्त्री शपथ लिंदै



२७ वैशाख २०७५, क्वालालम्पुर

संसदीय निर्वाचनमा मलेशियन  पूर्व प्रधानमन्त्री महाथिर मोहमदको विपक्षी गठबन्धनले सानदार जित हात पारेको छ । उहाँको चुनावी गठबन्धनले सन् १९५७ देखि निरन्तर रुपमा मलेसियामा सत्तामा रहेको एक राजनीतिक दललाई हराउँदै सानदार विजयी भएको हो ।

महाथिर अहिले ९२ वर्षका छन् । सपथ पछी उनी विश्वकै बृद्द प्रधानमन्त्री हुनेछन् । लामो समय सत्तामा रहेका उनी पुनः सत्तामा आउने तयारी गरेको समाचार मलेसिया र एसियाका अधिकांश मिडियाले बिहीबार सम्प्रेषण गरेका छन् ।

बिगतमा आफैले नेतृत्व गरेको दल बारिसन नेसनल पार्टी र विगतका आफ्नै कार्यकर्ता रहेका मलेसियाका नेता तथा वर्तमान प्रधानमन्त्री नजिब रजाकलाई चुनौती दिएर उनले नजिबको सत्ता ढालिदिएका हुन् ।

प्रधानमन्त्री नजिबको पछिल्लो कार्यकाल भ्रष्टाचारका कारण विवादमा परेको थियो । सो विवादका कारण महाथिरले यसअघि सन्यास लिइसकेको राजनीतिमा पुनः फर्किनुभएको थियो ।

राजनीतिबाट अवकाश लिने निर्णय फिर्ता लिएर निर्वाचनमा होमिएका महाथिरले सरकार निर्माणका लागि आवश्यक बहुमत हासिल गरेका छन् । उनले  सन् १९८१ देखि २००३ सम्म सफलतापूर्वक राज्यसत्ता संचालन गरिसकेका छन् । आफ्नो कार्यकालमा उनले मलेसियालाई समृद्द बनाई एसियामा चर्चित बन्न सफल भएका थिए । रजाकको शासनकालमा मलेसियाले भ्रष्टाचार र जातीय तनावबाट मुक्ति पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्