मन्त्री सोडारीद्वारा नेपाल जातीय संग्रहालय भवनको शिलान्यास



२७ वैशाख २०७५, कैलाली

प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारीले कैलालीको पुर्वी भागमा पर्ने जानकी गाउँपालिकामा नेपाल जातीय संग्रहालय भवनको शिलान्यास गरेका छन् ।

नेपाल जातीय विभाग कार्यसमितीका अध्यक्ष, पुर्व सांसद एवं महिला नेतृ गरिमा शाहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा प्रमुख अतिथि प्रदेश नम्बर ७ का सामाजिक विकास मन्त्री दिर्घ सोडारी रहेका थिए भने विशिष्ट अतिथिमा प्रदेशसभा सांसद रत्न थापा र जानकी गाउँपालिकाका प्रमुख प्रदिप कुमार चौधरी रहेका थिए ।

नेकपा एमाले केन्द्रीय सदस्य समेत रहेकी शाहले संग्रहालय भित्र लगभग ५० बर्ष पहिलेका छाउपडी गोठहरु समेत बनाईने भन्दै अहिले त्यस्ता छाउपडी गोठहरु नभएकाले नयाँ पुस्ता र अन्य पर्यटकहरुलाई भविष्यमा उक्त गोठहरुको जानकारी लिन सहज हुने समेत बताईन् । अहिले शिलान्यास गरिएको मुख्य भवन जसको कुल लागत ३ करोड रहेको भन्दै पहिलो चरण अन्तर्गत ३८ लाखमा माथिल्लो विभागले नै काम सुरु गर्न लागेको पनि शाहले बताईन् ।

बाहिरका मानिसहरुले पहल गरेर मात्र विकासमा सहज नहुने भन्दै शाहले आफ्नो ठाउँका लागि स्थानीयहरुले बढी जोड दिनुपर्ने बताएकी छिन् । हामीले पर्यटन क्षेत्रमा थोरै लगानी गरेर धेरै फाईदा लिन सकिने भएकाले यस तर्फ लाग्न शाहले सबैलाई अनुरोध समेत गरिन् ।

कार्यक्रममा जानकी गाउँपालिकाका प्रमुख प्रदिप चौधरी, प्रदेशसभा सांसद रत्न थापा लगाएतले आफ्ना धारणाहरु ब्यक्त गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्