सामान्य परिवारमा जन्मेका दर्जी एकाएक चर्चित गायक



२७ वैशाख २०७५, काठमाडौं

बालगायक अशोक दर्जीको ‘मन बिनाको धन ठूलो कि धन बिनाको मन’ बोलको गीत २४ घण्टा नबित्दै ट्रेन्डिङ्ग वानमा आएको छ । गीतमा गायक दर्जी र टङ्क बुढाथोकीको स्वर तथा अभिनय रहेको छ ।

बुधवार मात्र रिलिज गरेको गीतलाई ९ लाख भन्दा बढीले हेरिसकेकोले बिहीबार बिहानै ट्रेन्डिङ्ग वानमा आएको छ ।

झापा दमकमा सामान्य परिवारमा जन्मिएका दर्जी युट्युब इन्टरभ्युका कारण चर्चामा आएका थिए । सडकमा गाउँदै हिड्ने दर्जीलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले होस्टल सहित १० कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मिलाएको छ । संगीतकार टंक बुढाथोकी तथा सहयोगी हातहरुले गर्दा अशोक दर्जी एकाएक चर्चित गाएक बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्