रुकमाङ्गद कटवाल : शाहसिक सैनिक कमाण्डरदेखि सहाराविहिनका अभिभावकसम्म  



२७ वैशाख २०७५, काठमाडौं

नेपाली सेनाको सर्वोच्च पद प्रधानसेनापति बनेपछि रुकमाङ्गद कटवाल निकै समयपछिका शाहसिक सैनिक कमाण्डर बन्न पुगें । आफ्नो पेशा र सिंगो नेपाली सेनाको मर्यादा र पहिचानको लागि उनले न तत्कालिन राजालाई टेरे, न प्रधानमन्त्री, न त तत्कालिन विद्रोही कमाण्डर नै । नेपाली राजनीतिको टुप्पोमा पुगेको तत्कालिन माओवादी सत्तालाई त उनले धुलो नै चटाई दिए ।

मुलुकको संक्रमणकालीन राजनीतिमा आफूलाई सफल कमाण्डरमा स्थापित गर्दै कार्यकाल पुरा गरे । सेना मै जस्तो पहिचान बनाउन अहिले उनी रुकमाङ्गद कटवाल ट्रष्ट स्थापना गरी समाजसेवामा लागेका छन् ।

सेनामा रहँदा उनी वफादार र निडर सेनापति रहे । अवकाश पछिको पछिल्लो जीवन पनि फरक पहिचान सहित ईमान्दारीपूर्वक सहाराविहिनको अभिभावक बनेर बिताउँदैछन् । कटवाल ओखलढुंगाको विकट गाउँमा जन्मिए । उनको बाल्यकाल उतै बित्यो । संयोगवश बाल्यकालमा तत्कालिन राजालाई भेट्ने मौका पाए । पहिलो भेटमै उनले राजालाई प्रभाव पारे । प्रभावित राजाले आफ्नै संरक्षणमा पढाए, हुर्काए र जागिरे बनाए । जागिरे जीवनमा कटवालले आफ्नै दक्षता, क्षमता र विरताले जागिरे जीवनको माथिल्लो जिम्मेवारी प्रधानसेनापतिसम्म भए ।

अहिले उनी आफू जस्तै पढ्ने ईच्छा र क्षमता भएका तर आर्थिक कठिनाईले पढ्न नपाएका बालबालिकालाई विद्यालयमा र युवाहरुलाई विश्वविद्यालयको प्राविधिक शिक्षामा सहयोग गरिरहेका छन् । २०७१ सालमा ललितपुर जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको ‘रुकमाङ्गद कटवाल ट्रष्ट’ले २०७२ बाट अवसर नपाएका विद्यार्थीहरुलाई पढाउँदै आएको छ । हाल उनको ट्रष्ट स्वास्थ्य, आपतकालीन सहयोग र शैक्षिक अभियानबाट नेपालभरि फैलिएको छ । अहिले उनी मेचीदेखि महाकालीसम्मका ६१ जना विद्यार्थीहरुका अभिभावक बनेका छन् । ट्रष्टको प्रतिवेदन अनुसार उनले एक विद्यार्थीको लागि कम्तिमा दशहजार देखि बढीमा चार लाख बयानब्बे हजारसम्म लगानी गरिरहेका छन् ।

केहि गरौ भन्ने मानिसले वास्तवमै फरक पहिचान बनाउँछ । आफ्नो व्यक्तिगत जग्गा र आफ्नै जीवनी पुस्तकको विक्रीबाट शुरु भएको ट्रष्टमा अहिले धेरै नेपालीहरु आजीवन सदस्य बनेर जोडिरहेका छन् ।

गत हप्ता ‘आर्मी अफिसर्स क्लव’मा आयोजित ट्रष्टको विशेष कार्यक्रममा पढिरहेका विद्यार्थीहरु, कलाकार, पूर्व सेना तथा प्रहरीका अधिकृतहरुको सहभागीता थियो । साहित्यकार, ईतिहासकार, हाँस्य कलाकारहरुदेखि नायक र नायिकाहरुको भिडमा महानायक राजेश हमाल र वर्तमान प्रधानसेनापति सम्म थिए ।

कार्यक्रमको फोटो फिचर :

    

 

प्रतिक्रिया दिनुहोस्