नेपाल-जापान विधार्थी समाजको दोश्रो वार्षिकोत्सव सम्पन्न



२६ बैशाख २०७५ जापान

नेपाल जापान विद्यार्थी समाजको दोश्रो वार्षिकोत्सव तथा  बृहत् सांस्कृतिक कार्यक्रम जापानको राजधानी टोकियोमा सम्पन्न भएको छ ।

चेतन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली राजदूतबास जापान उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल प्रमुख अतिथि, अतिथिहरुमा डा.बिजय पौडेल, प्रवासी नेपाली मंच जापानका अध्यक्ष बाबुराम भण्डारी, संस्थापक अध्यक्ष सन्तोष चोख़ाल, एनआरएन जापानका उपाध्यक्ष शिब प्रसाद पौडेल लगायतको उपस्थिति थियो| कार्यक्रममा बहुउपयोगी पुस्तक ‘विद्यार्थी डायरी २ ‘ विमोचन सँगै दोश्रो वार्षिकोत्सव तथा सांस्कृतिक धमाका २०१८ “ मा हाँस्य कलाकार कुमार श्रेष्ठ र कलाकारहरु  युराज आचार्य, सुर्य खड्का, राम कृष्णबम मल्लको बेजोड प्रस्तुति रहेको थियो ।

वार्षिकोत्सवले आयोजक समितिका उप-संयोजक तथा कुमामोतो संयोजक भई निकै योगदान पुर्याएका योजनाकार, वैचारिक तथा लोकप्रिय व्यक्तित्व कृष्ण प्रसाद भुसाललाई महासचिवमा सर्वसम्मत रुपमा चयन गरेको छ । नवनिर्वाचित महासचिवले जापानमा रहेका नेपाली विद्यार्थीलाई परेको हरेक समस्यामा समन्वयकारी भूमिका निर्वाहगरी समाधान गर्ने प्रतिवद्दता जनाए ।

वार्षिकोत्सवमा नेपालीराजदूतबास जापानका उपनियोग प्रमुख कृष्ण चन्द्र आर्याल,एनआरएन जापानका पदाधिकारीहरु तथा बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुले शुभकामना मन्तब्य राखेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्