
२५ वैशाख २०७५, काठमाडौं
सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गर्न अस्ट्रियाको राजधानी नजिकै भियना सेक्स स्कुल संचालनमा रहेको छ । विगत केही वर्षदेखी चल्दै आइरहेको उक्त स्कूलमा व्यवहारिक रुपमै सेक्स सिकाईने दावी गरिएको छ ।
युवायुवतीले मात्र पढ्नका लागि भर्ना पाउने स्कूलमा गृहकार्य समेत सेक्स नै हुन्छ । यस स्कूलमा छात्र छात्राको लागि छुट्टाछुट्टै होस्टलको व्यवस्था नभएकोले एउटै कोठामा केटाकेटी बस्न पाउने सुविधा रहेका छ ।
स्कुलकी संस्थापक एवम् प्राचार्य मारिया थम्पसन भन्छन्–यसो गर्नुको खास कारण यौनसम्बन्धी पढाईने पाठहरु विद्यार्थीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन भन्ने हो । यसको उद्देश्य भनेकै युवायुवतीलाई असल प्रेमीप्रेमीका बनाउनु हो ।





