पसल उद्घाटन गर्न करिश्मालाई २६ लाख



२५ वैशाख २०७५, काठमाडौं

दरवारमार्गमा रहेको मेरिगोल्ड ज्वेलर्स उद्घाटनको लागि बलिउड अभिनेत्री करिश्मा कपुरले २६ लाख नेपाली रुपैयाँ अर्थात भारु १६ लाख लिएको बताइएको छ । उनले सोमबार सो पसलको उद्घाटन गरेकी थिईन ।

कार्यक्रममा उनले हिमालयको देश नेपालमा आउन पाउनु खुशीको क्षण रहेको र दुवै देशको संस्कृति र परम्परा प्रायः मिल्ने भएकाले नेपाल आउँदा आफ्नोपन महसुस हुने बताईन ।

नेपाल र नेपालीको प्रशंसा गरेकी करिश्मा निर्धारित समयभन्दा दुई घन्टा ढिलो कार्यक्रमस्थल पुगेकी थिईन । विहान साढे ८ बजे त्रिभुवन अर्न्तराष्ट्रिय विमानस्थलबाट आएकी करिश्मा उद्घाटनमा सहभागी भई सोही दिन दिउँसो २ बजेकै फ्लाईटमा फर्केकी थिईन ।

प्रतिक्रिया दिनुहोस्