साउदीमा बन्दी जीवन बिताइरहेका राईलाई छुटाउन ओलीद्वारा ३० लाख सहयोग



काठमाडौं, २१ वैशाख

करिब २ वर्षदेखि साउदी जेलमा बन्दी जीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारलाई हस्तान्तरण गरेका छन् ।

यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि २ वर्षदेखि बन्दी जीवन विताईरहेका छन् ।

३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बेलुका आफूलाई भेट्न आइपुगेका राईको परिवारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेलमा रहेका प्रेमबहादुरको जेल मुक्तिका लागि साउदी सरकारसँग कुरा गर्ने बताएका थिए ।

ओलीले विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक तथा नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो रहेको बतायका थिए ।

प्रतिक्रिया दिनुहोस्