भोजपुर सेवा समाज युएईद्वारा क्यान्सर पीडित वालकलाई आर्थिक सहयोग (भिडियो सहित)



काठमाडौं, १८ वैशाख/ एटम शर्मा

ब्लड क्यान्सरवाट पीडित भोजपुर नगरपालिका ११ का दश वर्षीया वालक विवेक आचार्यको उपचारका लागि भोजपुर सेवा समाज युएईले आर्थिक सहयोग गरेको छ ।

युएईमा कार्यरत भोजपुरेहरुको छाता संगठन भोजपुर सेवा समाज युएईले  विवेकको उपचारका लागि उक्त सहयोग गरेको हो ।

भोजपुर सेवा समाज युएईले संकलन गरेको ४६ हजार तिन सय ८४  रुपैयाँ  विवेकका बुवा गोपाल आचार्यलाई हिजो सोमबार भोजपुर सेवा समाज युएईका उपाध्यक्ष तथा प्रवक्ता दीपक चन्द्र दाहालले परिवर्तन खवरको स्टुडियोमा एक कार्यक्रमको बीच हस्तान्तरण गरेका छन् ।

९ वर्षकै उमेरमा रक्त क्यान्सर (Blood cancer) जस्तो प्राणघातक रोगको शिकार भई विगत १८ महिनादेखि बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवानमा उपचार गराईरहेका वालक आचार्यको परिवारको आर्थिक अवस्था कमजोर भएकाले सेवा समाजले  सो सहयोग प्रदान गरेको भोजपुर सेवा समाज युएईका उपाध्यक्ष तथा प्रवक्ता दीपक चन्द्र दाहालले जानकारी गराए ।

विवेक आचार्य बचाउ अभियान अन्तर्गत सहयोगी हातहरुबाट प्राप्त रकमबाट १८ महिना सम्म उपचार धानेको र अझै १८ महिना उपचार गर्नु पर्ने भएको हुदा स्वादेश तथा विदेशबाट सहयोगको अपेक्षा गरिरहेको विवेकका बुवा गोपाल आचार्यले बताए ।

विवेक वचाउ अभियानमा सहयोग गर्न चाहानेहरुले विवेक आचार्य खत्री नाम भएको ग्लोबल आइएमई बैंकको खाता नम्बर १८०७०१०००८६४९ मा रकम पठाउन सक्नुहुनेछ तथा विवेकको बुवा गोपाल आचार्यको मोवाइल नम्बर ९८१०१९००५५ मा सम्पर्क गर्न सकिनेछ ।

विवेक वचाउ अभियानमा अन्तर्गत  भोजपुर सेवा समाज युएईमा सहयोग रकम जुटाउने दाताहरुको नाम निम्न बमोजिम रहेको छ :

१. दिपक चन्द्र दाहाल  भोजपुर ५० दिराम

२. भिम थापा  भोजपुर ५० दिराम

३. सुशील श्रेष्ठ  भोजपुर ५० दिराम

४. खेम राज बस्नेत भोजपुर ५० दिराम

५. नविन पौडेल  भोजपुर ५० दिराम

६. ज्ञानेन्द्र खत्री भोजपुर ५० दिराम

७. विनोद बस्नेत भोजपुर ५० दिराम

८. इश्वर खड्का भोजपुर ५० दिराम

९. भक्त बहादुर तामांग भोजपुर ४० दिराम

१०. विमल लामिछाने भोजपुर ५१ दिराम

११. सुरेन्द्र लामा भोजपुर ३० दिराम

१२. शेरमान लिंखा धनकुटा  ३० दिराम

१३. नगेन्द्र प्रसाद दाहाल मोरंग ३० दिराम

१.४ संगम राई भोजपुर ३० दिराम

१५. टिकाराम बस्नेत भोजपुर ३० दिराम

१६. याम गुरुङ पोखरा १०० दिराम

१७. टेकराज खत्री भोजपुर १०५ दिराम

१८. कुमार रनापहेली भोजपुर ५० दिराम

१९. नरेन्द्र रणपाल भोजपुर ५० दिराम

२०. राम प्रसाद राई भोजपुर १५५ दिराम

२१. संगीता विना के.सी. भोजपुर ३० दिराम

२२. इशा दाहाल भोजपुर ५० दिराम

२३. दिपक श्रेष्ठ भोजपुर ३० दिराम

२४. मिलन राई भोजपुर ३० दिराम

२५. सुवास राई भोजपुर ५० दिराम

२६. ज्ञानेन्द्र बहादुर राई भोजपुर ३० दिराम

२७. दुर्ग प्रसाद भारती  मोरंग २० दिराम

२८. गोपाल बिष्ट भोजपुर ५० दिराम

२९. उत्तम बस्नेत भोजपुर ५० दिराम

३०. सन्तोष प्रशाई भोजपुर ५० दिराम

३१. विमल बिष्ट भोजपुर २५ दिराम

३२. दिपक थापा भोजपुर १०० दिराम

 

 

प्रतिक्रिया दिनुहोस्