‘एनएफडिसी अवार्ड’ मा उत्कृष्ट बने अनमोल र वेनिशा ! (सूचि सहित)



नेपाल चलचित्र विकास कम्पनी लिमिटेडले हरेक वर्ष आयोजना गर्दै आएको ‘एनएफडिसी अवार्ड’ को छैठौँ सँस्करणमा फिल्म ‘कृ’ बाट अनमोल केसी उत्कृष्ट नायक र ‘ब्लाइन्ड रक्स’ बाट वेनिशा हमाल उत्कृष्ट नायिका घोषित भएका छन् ।

त्यस्तै उत्कृष्ट फिल्म ‘शत्रु गते’ बन्यो भने ‘लिलिबिली’ बाट मिलन चाम्सले उत्कृष्ट निर्देशकको अवार्ड जिते ।

काठमाडौंको पाँच तारे होटल हायातको ग्राउण्डमा भएको अवार्ड समारोह मुसलधारे पानीका कारण अस्तव्यस्त भएको थियो ।

कलाकारहरुको बाक्लो उपस्थिति रहेपनि पानीका कारण अवार्ड कार्यक्रममा कसैले पनि आफ्नो प्रस्तुती देखाउन पाएनन् । मुम्बईबाट नेपाल आएकी अभिनेत्री निरुता सिंहको समेत आफ्नो नृत्य देखाउन पाइनन् ।

अवार्ड कार्यक्रममा अनमोल केसी, भुवन केसी, वेनिशा हमाल, प्रदीप खड्का, प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, रमेश उप्रेती, निर्मल शर्मा लगायतको उपस्थिति थियो ।

विजेताहरुको सूची :-

हिरा सर्वोत्कृष्ट फिल्म

शत्रु गते

प्रकाश सर्वोत्कृष्ट निर्देशक

लिलिबिलीः मिलन चाम्स

शिव सर्वोत्कृष्ट अभिनेता

अनमोल केसीः कृ

भूवन सर्वोत्कृष्ट अभिनेत्री

वेनिशा हमालः ब्लाइन्ड रक्स

नीर सर्वोत्कृष्ट सह–अभिनेता

प्रशान्त ताम्राकारः ऐश्वर्य

बसुन्धरा सर्वोत्कृष्ट सह–अभिनेत्री

केकी अधिकारीः ऐश्वर्य

विश्व सर्वोत्कृष्ट नव–अभिनेता

आशिरमान देशराज जोशीः ग्याङस्टार ब्लूज

चैत्य सर्वोत्कृष्ट नव–अभिनेत्री

लिलिबिलीः जसिता गुरुङ

गोपालराज सर्वोत्कृष्ट हाँस्य कलाकार

केदार घिमिरेः छक्का पन्जा २

चेतन सर्वोत्कृष्ट लेखन

शत्रु गतेः दीपकराज गिरी र प्रदिप भट्टराई

लक्ष्मीनाथ सर्वोत्कृष्ट कथा र संवाद

छक्का पन्जा २: दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र अभिमन्यू निरबी

मञ्जु सर्वोत्कृष्ट छायांकार

लिलिबिलीः सुदिप बराल

तुलसी सर्वोत्कृष्ट सम्पादक

शत्रु गतेः मित्र डी गुरुङ

शम्भुजित सर्वोत्कृष्ट संगीतकार

२ रुपैयाँ: कुटुमा कुटु (राजनराज सिवाकोटी)

किरण सर्वोत्कृष्ट गीतकार

ए मेरो हजुरः कसम हो कसम (डा. कृष्णहरि बराल)

उदित सर्वोत्कृष्ट पाश्र्व गायन

सुगम पोखरेल र अन्जु पन्तः तिमी रोएको पल (ऐश्वर्य)

वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक

कविराज गहतराजः रुपै मोहनी (सत्रु गते)

भुटानी सर्वोत्कृष्ट द्धन्द्ध निर्देशन

चन्द्र पन्तः कृ

प्रदिप सर्वोत्कृष्ट ध्वनी मुद्रण

अमित श्रेष्ठः सत्रु गते

शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत

एलिस कार्कीः लिलिबिली

मह जुरी अवार्ड

रमेश बुढाथोकी, भुईँमान्छे

उत्कृष्ट सर्वोत्कृष्ट व्यवसायिक फिल्म

छक्का पञ्जा २

प्रतिक्रिया दिनुहोस्