
काठमाडौँ, १६ वैशाख
चिन्दै नचिनेको व्यक्तिसंग लोग्ने स्वास्नीको नाता कायम गराइदिएको भन्दै जिल्ला अदालत दाङका न्यायाधीश चुरामन खड्कालाई सर्वोच्च अदालतमा बयानका लागि झिकाइएको छ ।
न्यायपरिषद्मा उजुरी परेपछि उनलाई बयानका लागि झिकाइएको सर्वोच्च अदालत उच्च श्रोतको दावी छ ।
दाङ जिल्ला न्यायाधीश चुरामन खड्काले वि.सं. २०७४ जेठ २९ गते झूठो र तथ्यविना नै प्रलोभनमा परी फैसला गर्दा आफूमाथि अन्याय भएको भन्दै बाग्लुङ, साबिक छिस्ती गाविस ९ की निरमाया पुन अहिले न्यायको खोजीमा सिंहदरबार, मन्त्रालय र मन्त्रीहरुसामु धाउन बाध्य भएकी हुन् ।
उनले फैसलाले आफूमाथि अन्याय भएको भन्दै अहिलेसम्म न्यायपरिषद्मा उजुरी हाल्नेदेखि कानुन मन्त्रालय, प्रधानमन्त्रीको कार्यालयसम्म न्याय माग्न पुगेकी थिइन् । – खरिबोट





