नेपाल-भारत खुला सिमा अब बन्द गरिनुपर्छ : गृहमन्त्री थापा (हेर्नुहोस भिडियो)



काठमाडौं, १४ वैशाख

गृह मन्त्रालय सरकारको वास्तविक मुहार मानिन्छ, यसर्थ कानुन कार्यान्वयन गराउने यो अड्डा सरकार सफलता, असफलताको पहिलो कडी पनि हो।

अध्यागमन ‘सेटिङ’का कारण बद्नाम छ, सुन तस्करीले उचाइ लिएको छ र सार्वजनिक यातायातसहितका क्षेत्रमा सिन्डिकेट व्याप्त छ। यस्तो अवस्थामा ६० दिन पहिले माओवादी प्रभावशाली नेता रामबहादुर थापा गृहमन्त्रीको रुपमा सिंहदरबार प्रवेश गरे।

उनै गृहमन्त्री ले नेपालखबर लाइ दिएको अन्तर्वार्ता मा सिमा सुरक्षाको राजनीतिकरण अन्त्य गराउने घोषणा गर्दै भने ‘तस्करी, अपराध र आतंकवादी गतिविधि रोक्न नेपाल–भारत खुला सीमा बन्द गरिनुपर्छ। अहिले तत्कालका लागि बोर्डर आउट पोस्ट बढाउँदै लैजाने र ड्रोन उडाएर सीमाको निगरानी गर्ने हाम्रो योजना छ।’

हेर्नुहोस भिडियो अन्तर्वार्ता

प्रतिक्रिया दिनुहोस्