सिन्धुली ४९ औँ खुल्ला दिशामुक्त जिल्ला घोषणा



सिन्धुलीमाढी, १४ बैशाख २०७५

देशभर अभियानकै रुपमा रहेको खुल्ला दिशामुक्त घोषणा कार्यक्रम अनुसार सिन्धुली जिल्लालाई खानेपानी तथा सरसरफाई मन्त्री विना मगरले ४९ औँ खुल्लादिशा मुक्तजिल्ला घोषणा गरेकी छन् ।

राष्ट्रिय सरसफाई गुरुयोजना २०६८ अनुरुप ‘एक घर एक चर्पी’ प्रर्वधन गरी जिल्लामा ५९ हजार ९८ वटा चर्पी निर्माणमा सहयोग गरेपछि जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिएको हो । सिन्धुलीमा ५८ हजार ७ सय ९६ घरधुरी मध्ये ५८ हजार २१० व्यक्तिगत, ५८१ विधालयका, २९३ संयुक्त र १४ सार्वजनिक सौचालय निर्माण भएको जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ ।

पूर्ण सरसफाई मार्गदर्शक निर्देशक २०७३ निर्माण भइसकेकाले “सफास्वच्छ वातावरण घरआगनमा चर्पी र धारा : सुन्दरसफा सिन्धुली हाम्रै अभिभारा ” भन्ने मुल नाराका साथ सरसफाई सम्बन्धि विविध कार्यक्रम जारी रहने कार्यालयका प्रमुख ध्रुवदेव प्रसाद कुम्हालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्