
काठमाडौँ ।
झापा दमकमा जन्मिएका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । सानो उमेरमा नै निकै अदभूत गायन क्षमता भएका दर्जी छोटो समयमा नै चर्चा कमाउन सफल भएका छन् ।
दर्जीको पहिलो गीत ‘मन बिनाको धन ठुलो कि धन बिना को मन ‘ स्टुडियो ९ मा रेकर्डिङ्ग गराएका छन्।
एक अन्तर्वार्तामा दर्जीले भने , ‘दिदिले मलाई पढाई दिन्छु भनेर लग्दा बाबाले रातको १२ बजे लिन आउनु भो ।’ पढ्न रूचि देखाएका दर्जी आर्थिक अवस्था कम्जोर भएकै कारण पढ्न नपाएका हुन् । अहिले दर्जीलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाई दिएका छन् । हाल उनी स्कूल पनि जान थालिसकेका छन्।





