‘माउन्टेन हर्ट’ र ‘लभ वेज’ बोकेर आए अनिल (हेर्नुहोस् भिडियो)



गायक अनिल लामाले दर्शक स्रोताको लागि एकै साथ दुई कोशेली सार्वजनिक गरेका छन् । कांभ्रेली गायक लामाले ‘माउन्टेन हर्ट’ र ‘लभ वेज’ गीति संग्रह एकै साथ सार्वजनिक गरेका हुन् । विगत एक दशक भन्दा लामो समय देखि नेपाली गीत संगीतको क्षेत्रमा सकृय रहेका लामाले पप र सेलो गरी दुइ बिधामा रहेको गीति संग्रह सार्वजनिक गरेका छन् ।

उनको ‘लभ वेज’ पप गीतामा आधारित संग्रह हो भने ‘माउन्टेन हर्ट’ तामाङ सेलोमा आधारित संग्रह हो ।

लामाको सेलो गीति संग्रह ‘माउन्टेन हर्ट’ मा रहेको ‘शैलुंगे गाँऊको मैच्याङलाई’ बोलको गीतको म्यूजिक भिडियो युटुबमार्फत् सार्वजानिक समेत भएको छ ।

टिका बोम्जनको रचना तथा संगीतमा रहेको सेलो गीतमा गायक अनिल लामाले निकै मनछुने गरी तामाङ लवजमा आवाज भरेका छन् । एक अर्काबीच जवानीको सुन्दरतासँगै माया प्रिति साट्न गरिएको आग्रहमुलक भाव बोकेको गीतको भिडियोमा सोनाम पाख्रीन र बिनु शाक्यको अभिनय छ ।

भिडियोको निर्देशन समेत गरेका सोनाम पाख्रिनले आफ्नो पछिल्लो प्रयास दर्शकले मन पराउनेमा उनी ढुक्क छन् । दर्शक स्रोताको मायाको कारण आउने दिनमा पनि संगित यात्रालाई निरन्तरता दिने उनको भनाइ छ ।

यता अनिल लामा सबै बिधाको गितमा उत्तिकै दख्खल राख्ने गायकमा पर्छन् । उनले अहिले सम्म आधुनिक, पप, लोक, दोहोरी तथा सेलो आदि गीतहरुमा आफ्नो आवाज दिएका छन् ।

पछिल्लो समय गायक लामालाई देश तथा विदेशमा हुने मेला महोत्सवमा भ्याइनभ्याइ छ ।

उनि काभ्रेपलान्चोकको चौरी देउराउली गाँउपालिका, हर्दन गाँऊमा जन्मेका हुन् ।

प्रतिक्रिया दिनुहोस्