५ महिनाको बच्चा बोकेर गर्भवती भएझैं महसुस भएको छ : नायिका केकी अधिकारी



काठमाडौं – म्युजिक भिडियो हुँदै ‘स्वर’बाट अभिनेत्रीका रुपमा डेब्यु गरेकी केकी अधिकारी ‘कोहलपुर एक्सप्रेस’बाट पूर्ण निर्माताको रुपमा अगाडि आउँदैछिन्। त्यसो त ‘लभ सासा’मा पनि केकीको नाम कार्यकारी निर्माताको रुपमा उल्लेख छ तर उनले कामसहितको निर्माताको जिम्मेवारी यही फिल्ममा लिएकी हुन्। त्यसैले फिल्म रिलिजको संघारमा केकीको दौडधुप हेर्न लायक छ। फिल्मले दिएको व्यस्ततालाई हेरेर केकी आफैंले फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा भनेकी थिइन्, ‘यति धेरै टेन्सन छ त्यही पनि म किन बेहोस हुन्न?’ कुराकानीकै क्रममा उनले एक प्रश्नको जवाफ यसरी दिएकी थिइन ।

तपाईं आफैं ह्युमन रिसोर्स म्यानेजमेन्टमा डिग्रि होल्डर हुनुहुन्छ, पढेको काम लागेन त?
खासै लागेन भन्नुपर्ला। सिद्धान्तको कुरा र व्यवहारको कुरा फरक परिहाल्छ नी। अझ त्यसमाथि हामी त्यति धेरै व्यवसायिक हिसाबले पनि त काम गर्दैनौं नि। म पाँच महिनादेखि यही फिल्मकै लागि खटिइरहेकी छु। अरु कुनै प्रोजेक्ट नगरी लामो समय बसेको यो पहिलो पटक हो। मलाई त गर्भवती भएझैं महसुस भएको छ। मानौं ५ महिनाको बच्चा बोकेर हिँडिरहेकी छु।

प्रतिक्रिया दिनुहोस्