
काठमाडौं । कलंकीको गेष्ट हाउसबाट २ युवतीसहित ४ पक्राउ परेका छन् । अपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरुसँग खुकुरी तथा लागूऔषध बरामद भएको महानगरीय प्रहरी प्रभाग बलम्बुकी प्रहरी निरीक्षक शर्मिला गुरुङले बताइन्।
उनीहरु डेढ महिनादेखि सो गेष्ट हाउसमा बस्दै आएका थिए। प्रारम्भिक अनुसन्धानमा उनीहरु लागूऔषधको सेवन र कारोबारमा संलग्न रहेको प्रहरीले जनाएको छ।





