
‘जग्गा जासूस’ फिल्मको सुटिङका क्रममा रणवीर र कट्रिनाबिच झगडा भएपछि फिल्मको सुटिङ नै केही समयका लागि रद्द गर्नुपरेको थियो तर प्रामोशनको क्रममा यो जोडीले आफ्नो ध्यान आफूतर्फ खिच्न सफल भएका थिए ।
फिल्मको एक गीत सार्वजनिक गर्नका लागि आयोजना गरिएको कार्यक्रममा रणबीरले कट्रिनालाई ‘चिकनी चमेली’, ‘शीला’, ‘कमली’ जस्ता आइटम गीतमा डान्स गर्नका लागि तयार गराएको बताए । यसमा कट्रिनाले रणबीरतर्फ हेर्दै भनिन्, ‘रक्सी पिएर आएको छौ कि के हो ?’
दुबैबिच ब्रेकअप भइसकेपछि प्रोमोशनको क्रममा रणबीर कपूरले फिल्मका निर्देशक अनुराग बसुलाई चुम्बन गर्दा कट्रिनाले निकै घुरेर हेरेका भन्ने खबर सार्वजनिक भएको थियो ।





